नियम १४९
कण्डेम्नेशन समितिको काम, कर्तव्य र अधिकार
: (१) देहायका सामानहरु सरकारी कामको सिलसिलामा फाटी वा टुटी गएको वा निश्चित अवधि पुरा भएको कारण नयाँ निकासा वा सट्टाभर्ना माग भई आएमा सो सम्बन्धी विषयमा जाँचबुझ गरी नयाँ निकासा वा सट्टाभर्नाको लागी सिफारिस गर्नु नियम १४८ बमोजिम गठित कण्डेम्नेशन समितिको कर्तव्य हुनेछ :–
(क)   हिमाली प्रदेशमा रहेका सशस्त्र प्रहरी कर्मचारीका लागि वितरण भएको गरम लत्ताकपडा, पोसाक र अन्य सामानहरु,
(ख)   ग्रेटकोट,
(ग)   वर्षादी,
(घ)   झुल,
(ङ)   व्यक्तिगत असवाव,
(च)   जाडो मौसममा वितरण गरिने पोसाकहरु,
(छ)   युनिट इक्वीपमेण्ट ।
      (२) उपनियम (१) र यस नियमावलीमा अन्यत्र लेखिएका कामको अतिरिक्त कण्डेम्नेशन समितिको अन्य काम, कर्तव्य र अधिकार मन्त्रालयको स्वीकृति लिई प्रधान कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ ।